२०७९ असोज १७ गत सोमवार | October 03, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा एकै दिन थपिए १ हजार ४ सय ५४ कोरोना संक्रमित

नेपालमा एकै दिन थपिए १ हजार ४ सय ५४ कोरोना संक्रमित

नेपालमा शुक्रबार मात्रै १ हजार ४५४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९७२ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।थप ५ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३२२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु