गृहपृष्ठ सिन्धुपाल्चोकमा पहिरोको वितण्डा,बस्तीनै पार्यो सखाप ,धेरै मानिस वेपत्ता
सिन्धुपाल्चोकमा पहिरोको वितण्डा,बस्तीनै पार्यो सखाप ,धेरै मानिस वेपत्ता
सिन्धुपाल्चोकमा पहिरो जादा ठुलै जनधनको क्षति भएको छ।जिल्लाको बाह्रविसे नगरपालिका वडा नं. ७ मा पर्ने दुई गाउँमा पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन्।पहिरोमा परी मृत्यु भएका दुई जनाको परिचय खुलेको छ।
नाकुचे भन्ने स्थानमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार सात वटा घर बगाएको छ भने १६ जना बेपत्ता छन्।
त्यस्तै भिरखर्कको बिक टोलमा दुई घर बगाएको छ। पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको शव फेला परेको डिएसपी सापकोटाले जानकारी दिए।विस्तृत तथ्यांक संकलन भैसकेपछि मात्र यकिन जानकारी बाहिर आउने डिएसपी सापकोटाले बताए।