गृहपृष्ठ एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेद्वारा पत्रकार कोषलाई आर्थिक सहयोग
एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेद्वारा पत्रकार कोषलाई आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले स्थापना गरेको आपतकालीन अक्षय कोषमा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेद्वारा रु.५५ हजार ५०५ प्रदान गरेका छन्।
नेपाल र संसार भरिका पत्रकारलाई आपद र संकट पर्दा सहयोग गर्ने उदेश्यले एक करोड रुपैयाको आपतकालीन अक्षय कोष स्थापना गर्ने लक्ष्यका साथ अहिले महासंघले स्वदेश विदेश सबैतिर सहयोग संकलन गरिरहेको छ।
यसै सन्दर्भमा परोपकारी र समाजसेवामा सधैं सक्रिय रहेका एनआरएन पोर्चुगलका अध्यक्ष गैरेले व्यक्तिगत रूपमा महासंघको कोषमा नेपाल पत्रकार महासंघ युरोप च्याप्टर मार्फत यस्तो रकम सहयोग गरेका हुन्।
उनले पुर्याएको सहयोगका लागि नेपाल पत्रकार महासंघ युरोप च्याप्टरले गैरेप्रति धन्यवाद ज्ञापन गरेको छ।