गृहपृष्ठ कतार एयरवेजले काठमाडौंदेखि दोहासम्म साताको ३ पटक उडान गर्ने
कतार एयरवेजले काठमाडौंदेखि दोहासम्म साताको ३ पटक उडान गर्ने

कतार एयरवेजले काठमाडौंबाट साताको तीन उडान गर्ने जानकारी दिएको छ।एयरवेजले सेप्टेम्बर ५ देखि सुरु गरेको उडानलाई पुरानै तालिकाअनुसार सञ्चालन गर्ने घोषणा गरेको हो।
काठमाडौंबाट कतार एयरवेजको बोइङ ७८७ ड्रिमलाइनर बिमान र एयरबस ए ३२० एयरक्राफ्टले उडान गर्नेछन्।
ती उडानमा सरकारको निर्देशन अनुसार नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठन, विकास परियोजनाका साझेदार तथा नेपालमा कार्यरत सबै दूतावासका कर्मचारीले यात्रा गर्न पाउनेछन्।
साथै, नेपाल आउने सबै यात्रीले निर्धारित उडान समयको ७२ घण्टा भित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्ने एयरवेजले जनाएको छ।