गृहपृष्ठ विद्युतिय उपकरण निरन्तर चलाउदा आँखामा हुने समस्या र समाधानका उपायहरू
विद्युतिय उपकरण निरन्तर चलाउदा आँखामा हुने समस्या र समाधानका उपायहरू

आजभोली आँखा कमजोर नभएको मानिसहरु हुदैनन्। बच्चाको आँखामा समेत चस्मा लगाएकै हुन्छन्। कम्प्युटरमा लगातार बसी रहदा आँखा कमजोर हुने समस्या हुन्छ।
निरन्तर मोवाइलमा हेरी रहदा पनि आँखा कमजोर हुन्छ। आँखाको महत्व कति हुन्छ भन्ने कुरा देख्न नसक्नेलाई थाहा हुन्छ। तै पनि आँखा मानव जिवनको लागि निकै महत्वपुर्ण र नभई नहुने अंग हो।
आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ। आँखा कमजोर हुने कारण खानेकुराले गर्दा पनि हो। त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस।
पालुंगोको जुस
हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ। हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ। दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ।
गाजरको जुस
आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस्। एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ। बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस्।
हरियो सागपात
आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ। यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ। यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस्।ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ। आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस्।
भिटामिन
शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ। आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस्। सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस्। मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन्।
बदाम आँखाका लागि लाभदायक हुन्छ। राती पानीमा बदाम भिजाएर बिहान खानुस्। यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ। बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ।