गृहपृष्ठ चर्चित गायिका एवं साहित्यकार भट्टराईले गरिन् आत्महत्या
चर्चित गायिका एवं साहित्यकार भट्टराईले गरिन् आत्महत्या

कवि, गीतकार तथा गायिका गीता भट्टराई मृ-त अवस्थामा फेला परेकी छिन्। इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा मृत भेटिएको प्रहरीले जनाएको छ।
उनी सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराई झुण्डिएको अवस्थामा भेटीएको प्रहरीले जनाएको छ।
बिहानैदेखि कोठामा ठोका लगाएर बसेकी गीतालाई परिवारका सदस्यले ठोका खोल्न आग्रह गरेपनि नखुलेपछि झ्यालबाट हेर्दा सिलिगं फ्यानको पत्तामा सलले पासो लगाएर झुण्डिएको देखे लगत्तै प्रहरीलाई खबर गरेका थिए। गीताका पति, एक छोरा र एक छोरी छन्।