गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या उच्चरुपमा वृद्धि,हालसम्म ५६ हजार भन्दा माथी
नेपालमा कोरोना संक्रमितको संख्या उच्चरुपमा वृद्धि,हालसम्म ५६ हजार भन्दा माथी
नेपालमा मंगलबार मात्रै १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ।मंगलबारसम्म ७ हजार २५० जना क्वारेन्टाइनमा रहेका छन् भने १५ हजार ७७९ जना आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा १० हजार ३७५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ६१ हजार ७८० नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ।
थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३७१ पुगेको मन्त्रालयले जनाएको छ।