२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ झिसमिसेमै नेपालमा शक्तिशाली भुकम्पको धक्का महसुस

झिसमिसेमै नेपालमा शक्तिशाली भुकम्पको धक्का महसुस

काठमाडौं उपत्यका र यसको आसपास भुकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार बिहान ५ः१९ बजे काठमाडौंबाट उत्तरपूर्वतिर ६३ किलोमिटर टाढा केन्द्र बनाएर १० किलोमिटर गहिरो भुकम्प महसुस गरिएको हो।उता, युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले नेपाल र चीनको सीमाना नजिकै ४.९ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे ६ रेक्टर स्केलको भुकम्प महसुस गरिएको जनाएको छ ।झिसमिसेमै शक्तिशाली धक्का महसुस गरेपछि मानिसहरु होहल्ला गर्दै घरबाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु