२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ बागलुङ ढोरपाटनका पहिरो पीडितलाई आर्थिक सहयोग

बागलुङ ढोरपाटनका पहिरो पीडितलाई आर्थिक सहयोग

गुल्मी समाज भिक्टोरिया र वामी विश्व सम्पर्क मन्च अस्ट्रेलियाद्वारा ढोरपाटनका बाढि पहिरो प्रभाबितलाई सहयोग रकम हस्तान्तरण

गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया र वामी बिश्व सम्पर्क मन्च आस्ट्रेलिया शाखाद्धारा ढोरपाटन नगरपालिकाका बाढि पीडिततको लागि ३लाख ४१हजार २६ सहयोग रुपैयाँ संयुक्त रूपमा हस्तान्तरण गरेका छन्।

गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको तर्फबाट रू२लाख३३हजार३सय २० र वामी विश्व सम्पर्क मन्च अस्ट्रेलिया शाखाको तर्फबाट १ लाख ७ हजार ७ सय६ हस्तान्तरण गरिएको छ।
गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको प्रतिनिधीको रूपमा भिमलाल सापकोटा,महिला अधिकारकर्मी बिस्णुकुमारी सापकोटा,वामी विश्व सम्पर्क मन्च अस्ट्रेलिया शाखाको प्रतिनिधीको रूपमा वामी विश्व सम्पर्क मन्च अमेरिकाका पुर्व अध्यक्ष तथा वामी विश्व सम्पर्क मन्च अन्तरास्ट्रिय समन्वय समितीका वर्तमान सदस्य हरिनारायण सापकोटा,वामी विश्व सम्पर्क मन्च प्रतिनिधी अग्निधर अर्याल,युनिक खवर डट कमका प्रधान सम्पादक रामकृस्ण कंडेल र पत्रकार कौरब खत्रीको उपस्थितीमा ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीलाई सो रकम बरावरको चेक हस्तान्तरण गरिएको हो।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको प्रतिनिधी भिमलाल सापकोटाले गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको विगत र वर्तमानको अवस्था प्रकाश पार्दै सहयोग दाता हरूप्रती आभार ब्यक्त गर्नु भयो।

यस संस्थाका सल्लाहकार समेत रहनु भएका सापकोटाले संस्थाको तर्फ बाट ढोरपाटन नगरपालिका भित्रका बाढि पहिरो प्रभाबितहरूलाई संझना गरी सहयोग पठाऊनु अनुकरणिय कार्य भएको बताऊनु भयो।हालसम्म गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले जन्मभूमीलाई समस्या पर्दा सक्दो सहयोग गर्दै आएकोमा सल्लाहकार सापकोटाले खुलेरै प्रसंशा गर्नु भयो।

वामी विश्व सम्पर्क मन्च अमेरिकाका पुर्व अध्यक्ष तथा वामी विश्व सम्पर्क मन्च अन्तरास्ट्रिय समन्वय समितीका वर्तमान सदस्य हरिनारायण सापकोटाले सेवानै धर्म हो भन्ने मुलमन्त्रका साथ बिदेशमा रहदा पनि स्वदेशको पिडा लाई आफ्नै ठानेर बाढि पहिरो प्रभाबितको राहतको लागि सहयोग पठाएकोमा सहयोगदाता हरूप्रती कृतज्ञता ब्यक्त गर्नु भयो।

समाजसेबि सापकोटाले मन्तब्यको क्रममा संकटलाई सबै मित्रहरू मिलेरै सामना गर्नु पर्ने आबश्यकताऔल्याऊदै आगामी दिनमा पनि यसप्रकारका सहयोगहरू आऊने जानकारी दिनु भयो।

महिला नेतृ बिस्णुकुमारी सापकोटा,अग्नीधर अर्याल,मोहन घिमीरेले पिडाको बेला अस्ट्रेलियामा कार्यरत नेपाली हरूले पठाएको सहयोग ल्याई आएको बताऊदै दु:खको बेलामा नआतिन नगरप्रमुख लगायत ढोरपाटनबासी लाई आग्रह गर्नु भयो।

ढोरपाटन नगरपालिका भित्र बाढी पहिरोमापरी मृत्युहुनेहरूबप्रती संझना गर्दै बक्ताहरूले राहत वितरण लाई एकद्धार प्रणाली अबलम्बन गरेकोमा नगरप्रमुख लाई धन्यबाद व्यक्त गर्नु भयो।

नगरप्रमुख देवकुमार नेपालीले सहयोगीहरु लाई धन्यवाद व्यक्त गर्दै दुखको बेला प्राप्तहुने सहानुभूतिले निकै ठुलो सहयोग तथा हौसलाको अनुभुती मिलेको बताऊनु भयो।नगरप्रमुख नेपालीले गुल्मी समाज भिक्टोरिया र वामी विश्व सम्पर्क मन्च अस्ट्रेलियाले गरेको सहयोग कार्य प्रती आभार ब्यक्त गर्नु भयो।

ढोरपाटन नगरपालिका बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको तयारीमा रहेको र स्थायी आवास पनि छिटै निर्माण गरिने नगर प्रमुख नेपालीले जानकारी दिनुभयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन, प्रमुख प्रशासकिय अधिकृत डिलाराम भट्टराई, जनप्रतिनिधीहरू,पत्रकारहरु लगायतको सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन पत्रकार कौरब खत्रीले गर्नुभएको थियो।

यसै क्रममा नेपाली हरूले दुख,पिर,मर्का भोगेको अवस्थामा आफु हरू सधैं सँगै रहने भन्दै ढोरपाटनका पहिरो प्रभाबितहरु लाई थोरै भए पनि राहत उपलब्ध गराउन को लागी गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको कार्यकर्ताहरुले ऐच्छिक रूपमा संकलन गरेको सहयोग राशी आफूहरुले नेपाल पठाएको संस्थाका सचिव प्रकाश अर्यालले बताऊनु भएको छ।

जन्मभुमीमा पिडाहरु आई पर्दा हामी टाढा रहदा पनि मर्माहत हुने गर्छौ भन्दै गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाका पुर्व अध्यक्ष मणि सापकोटाले दु:ख लाई मिलेरै सामना गर्न आग्रह गर्नु भएको छ।

हाल अस्ट्रेलियामा कार्यरत सापकोटाले हामिसँगको टेलिफोन संबादको क्रममा जन्मभूमी रोईरहेको बेला आफु हरू हॉस्न नसक्ने बताऊनु भयो।’हामीले आफ्नो छाक काटेर भए पनि मातृभुमीको सेवा गर्न तयार छौ’पुर्व अध्यक्ष मणी सापकोटाको भनाई रहेको छ।

स्मरण रहोस गुल्मी समाज भिक्टोरियाको स्थापना पश्चात जनकराज गौतम,मणि सापकोटा हुदै गान्धी प्रसाद भट्टराईले संस्थाको नेतृत्व गर्दै आऊनु भएको छ।यस्तै गरी वामी विश्व सम्पर्क मन्च अस्ट्रेलिया शाखाको हालको नेतृत्व टंक कंडेलले गरिरहनु भएको छ।

भाद्र १७ गते ढोरपाटन उपत्यका छिर्ने नाका देउराली भन्ने स्थानमा पहिरो गएको हो। देउराली भुजी खोलाको मुहान पर्दछ।सोही स्थानबाट पहिरोले भुजिखोला किनारका वस्ती वगाउँदै झरेको हो।

ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्ने बुर्तिबाङ ब्लकको दक्षिणपूर्वि पहाडको एक हिस्सा खसेर बाढीको रुपमा नदिकिनारका बस्तीमा छिरेपछि ३८ जना बेपत्ता भएका थिए। बेपत्ता मध्य हाल सम्म २१ जनाको शव फेला परेको छ भने १७ जना अझै बेपत्ता छन्।

घाईतेहरुको उपचार भइरहेको छ । बाढीले ढोरपाटन नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ मा गरी १ सय २० घर पुर्ण रुपमा क्षति पुयाएको छ भने ५१ घरमा आंशिक क्षति पुयाएको छ। त्यसैगरी ११ ओटा झोलुङ्गे पुल, १२ ओटा लघु जलविद्युत आयोजना, २ ओटा स्वास्थचौकी र २ ओटा विद्यालय बगाएको छ।

मध्यरातकाे अविरल वर्षासंगैकाे बाढी पहिरो बाट ढाेरपाटन नगरपालिका वडा नं ९,८,७,६,५ मा ठुलाे मानवीय क्षति काे घटनाले मर्माहत वनाएकाे छ ।यस दुखकाे घडिमा सबैजना सहयोग संकलन र बितरणमा जुटिरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु