गृहपृष्ठ नेपालमा कोरोना संक्रमित थपिने क्रम रोकिएन,कुल संख्या ५९ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमित थपिने क्रम रोकिएन,कुल संख्या ५९ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २४३ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।
बिहीबारसम्म ७ हजार ८८३ जना क्वारेन्टाइनमा रहेका छन् भने १६ हजार २४१ जना आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा १० हजार २४१ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ८२ हजार ९१५ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ।
थप ४ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३८३ पुगेको मन्त्रालयले जनाएको छ।