गृहपृष्ठ नेपालमा एकै दिन थपिए २ हजार २० कोरोना संक्रमित, हालसम्मकै उच्च रेकर्ड
नेपालमा एकै दिन थपिए २ हजार २० कोरोना संक्रमित, हालसम्मकै उच्च रेकर्ड

नेपालमा शुक्रबार हालसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै एकै दिन थपिएको सर्बाधिक संख्या हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८७१ संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।
शुक्रबारसम्म ७ हजार ७३६ जना क्वारेन्टाइनमा रहेका छन् भने १७ हजार ३८३ जना आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा ११ हजार ४५८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ९४ हजार ३७३ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ।
आज मात्रै थप ७ जनाको ज्यान गएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३९० पुगेको मन्त्रालयले जनाएको छ।