गृहपृष्ठ रातीमा मगमग वास्ना आउने पारिजात फूल हेर्दा जति सुन्दर छ,फाइदा पनि उत्तिकै छ।
रातीमा मगमग वास्ना आउने पारिजात फूल हेर्दा जति सुन्दर छ,फाइदा पनि उत्तिकै छ।

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन्।
यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं। पारिजात फूलको विशेष महत्व छ। यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ। यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ।
साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ। पारिजातको फूल राति मात्र फुल्दछ। विहान हुनासाथ जमिनमा खस्न थाल्छ। यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ।
पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ। तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ।
आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ।