२०७९ असोज ६ गत बिहीवार | September 22, 2022

Bharat Poudel

गृहपृष्ठ महिनावारी प्राकृति नियम हो,तर विश्वका कतिपय देशमा यस्ता छन “अनौठो परम्परा”

महिनावारी प्राकृति नियम हो,तर विश्वका कतिपय देशमा यस्ता छन “अनौठो परम्परा”

नेपाल

नेपालमा महिनावारीका समयमा महिलाहरुमाथि विभिन्न काम गर्न निषेध गरिएको हुन्छ। हिन्दु परम्पराअनुसार नेपालमा पनि त्यस्ता थुप्रै अन्धविश्वास अझै जीवित छन्। जस्तै मन्दिरभित्र जानमा रोक लगाइन्छ, पुरुषलाई छुनु हुँदैन, भान्छा भित्र पस्नु हुँदैन, अरुले खाने खाना छुनु हुँदैन।

यस्ता अरु पनि थुप्रै काम गर्नबाट महिलालाई रोकिन्छ किनकी उनीहरुलाई त्यस समय अशुद्ध मानिन्छ। नेपालमा मात्र नभएर विश्वभर यस्ता प्रथाहरु छन् जसलाई अझै पनि मानिसहरु मान्ने गर्छन्।

बंगलादेश

बंगलादेश र वेस्ट बंगालका कतिपय स्थानहरुमा बस्ने बाल्स समाजमा महिनावारी सम्बन्धी अचम्मको प्रथा छ। त्यहाँका महिलाहरुले पहिलो पटक महिनावारी हुँदा उनीहरुलाई महिनावारी हुँदाको रगतमा गाईको दूध अनि कपूर र नरिवलको दूध मिसाएर पिउन लगाइन्छ। त्यसलाई पिउँदा ताकत बढ्छ भन्ने विश्वास गर्दै उनीहरु यो परम्परा मान्ने गर्छन्।

भारत

भारतका केही राज्यमा महिनावारी भएका महिलाहरुले एउटा फलामको वस्तु साथ राख्ने गर्छन्। भूतप्रेतलाई कब्जा गर्न नदिनका लागि उनीहरुले त्यस्तो गर्ने गर्छन्।

इन्डोनेशिया

इन्डोनेशियाको बालीमा महिनावारीका बेलामा महिलालाई खाना बनाउने ठाउँमा जान निषेधित गरिन्छ। पकाउन र अरुको खाना छुन पनि उनीहरुलाई निषेध गरिएको छ। उनीहरुले खाना छुँदा खाना खराब र अशुद्ध हुने अन्धविश्वासका कारण यो परम्परा मानिन्छ।

यस समय महिलाहरुलाई मन्दिर जानमा पनि रोक लगाइएको हुन्छ। बालीको कट्टर ज्युडिस समाजमा महिनावारी पछि महिलाहरुले पवित्र हुनका लागि नदिमा स्नान गर्नुपर्ने चलन छ। यस पवित्र स्नानलाई मिक्वेह भनिन्छ।

कर्णाटक

कर्णाटकमा पहिलो पटक महिनावारी हुँदा महिलालाई दुलही जसरी सजाइन्छ। उसको आरती उतारेर अरु मानिसहरुलाई भोज खुवाइन्छ। भारतको आन्ध्र प्रदेश र केरेलामा समेत यो चलन विद्यमान छ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाको जूलूस नामक स्थानमा महिलाको महिनावारी सुरु हुनुअघि बाख्राको बली चढाइन्छ। त्यसपछि उसलाई उसका साथीहरुबाट अलग गराइन्छ र स्नान गराएर माटोले ढाकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु