गृहपृष्ठ क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी मृत फेला,हत्या भएको हुनसक्ने
क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी मृत फेला,हत्या भएको हुनसक्ने

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्।
बाराको सिमरा घर भई विगत ११ वर्षदेखि क्यान्सर अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र स्थानीय भरतपुरको स्थानीय नहरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार नहरमा भेटिएको हो। प्रहरीका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटना ह’त्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताउनुभयो।