२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ एनआरएनए युरोपियन सम्मेलनको मिडिया समिति कमेडीमा परिणत भएपछि महासंघका अध्यक्षहरुले छाडे

एनआरएनए युरोपियन सम्मेलनको मिडिया समिति कमेडीमा परिणत भएपछि महासंघका अध्यक्षहरुले छाडे

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय सम्मेलनको लागि गठित मिडिया टाक्सफोर्सको ग्रुप भनाभन, विवाद हुँदै कमेडी गर्दै व्यङ्ग्य समुहमा परिणत भएको छ।

संघका युरोप उपसंयोजक शुक्रराज न्यौपानेद्धारा घोषित समितिमा युरोपमा सक्रिय पत्रकार नसमेटी गुटवाला र आफ्ना आसेपासे मात्र छानिछानी राखे पछि विवाद शुरु भइ न्यौपानेद्वारा गठन गरिएको समितिको ग्रुप छिन्नभिन्न हुँदै कमेडीमा परिणत भएको हो।

नेपालमा गाइजात्रा सकिए पनि न्यौपानेले भने मिडिया समितिको नाममा युरोपमा भने भर्खर गाइजात्रा शुरु गरेका छन्। नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष देखि युरोपमा सक्रिय पत्रकारहरुले ग्रुप छाडेका छन्।

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईले “पत्रकारलाई समाचार लेख्न कुनै एनआरएनए नेताको आर्शिवाद नचाहिने भन्दै सो गुटवाला समितिको सदस्यमा नबस्ने घोषणा गर्दै फेसबुक ग्रुपबाट बाहिरिएका छन्।

यसैगरी नेपाल पत्रकार महासंघ युके शाखा अध्यक्ष नरेश खपाङ्गी मगरले पनि यस्तो गाइजात्रे समितिमा नबस्ने भन्दै ग्रुप छाडेका छन्। संघको १३ औं युरोपेली बैठक अक्टोवर पहिलो साता हुदैंछ।

केन्द्रीय अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा लगायत केन्द्रीय पदाधिकारी र एनआरएनए अभियान विरुद्ध लागि परेका पत्रकारहरुलाई मात्र छानीछानी समितिमा राखिए पछि सक्रिय पत्रकारहरुले सो समितिलाई एनआरएन होइन “हेनारान” भनी खिल्ली उडाएका छन्।

नेपाल पत्रकार महासंघ युरोप शाखाका एक पदाधिकारीले संघको क्षेत्रीय बैठक बहिस्कार गर्नु पर्नेसम्मको स्थिति आउने बताए। उनले भने “हामीले कसैको आडमा वा निगाहाबाट पद लिएर समाचार लेख्ने होइन।

हेर्दै लाजमर्दो र कुनै पार्टी वा गुटका व्यक्ति राखेर बनाएको कार्यदलमा बस्नु औचित्य छैन, आवश्यक पर्दा हामी एनआरएनएको स्वतन्त्र ढंगले रिपोर्टिङ र समाचार लेख्छौं र अन्य आवश्यक कुरामा सिधैं संघको नेतृत्वसंग कुरा गर्छौ।”

युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने एनआरएनए केन्द्रीय मिडिया समितिका सदस्य राजकुमार थापाले “त्यस्तो समिति गठनको आफुहरुलाइ जानकारी नभएको र कसैले गठन गरेको भए त्यो एनआरएनएको आधिकारिक होइन होला, सायद कुनै व्यक्तिको लहड र व्यक्तिगत सोच मात्र होला” भन्ने प्रतिक्रिया दिए

हेर्नुहोस् के के भयो ग्रुप भित्र भएको रंगमन्च:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु