Covid-19
City Express

प्रवासबाटै गायक पाण्डेले मायाको बिलौना गर्दै,अन्तिम सम्म हेर्नुहोस भिडियो “तिमीलाईनै सम्झिएर”

प्रवासमा रहेर पनि नेपाली लोकगीत, संगीत एवं मौलिक भाकाहरु सम्बर्द्धन एवं प्रबर्द्धनमा कम्मर कसेर लागेका गायक मध्ये एक गायक हुन् “नविन पाण्डे (हरी)”।

विगत केही बर्षदेखि पोर्चुगललाई कर्मथलो बनाउदै आएका पाण्डेले यस अघि पनि विभिन्न गीतहरु बजारमा पस्किसकेका छन्।उनका हेरक गीतमा मौलिकता ,नेपालीत्व र सस्कृती झल्काउने बिषय -बस्तु समेटेको पाइन्छ।

कला र गलाका धनी गायक पाण्डेले यस पटक पनि निकै मर्मस्पर्शी गीत तिमीलाईनै सम्झिएर नामक एल्बम बजारमा ल्याएका छन्।गीतमा चोखो माया र प्रेममा धोका पाएपनि,चाहेको मान्छेलाई आफ्नो बनाउन नसकेपनि उही मायाकै नाममा जीवन बिताउने जस्ता निकै मार्मिक शब्दहरु गीतमा समेटिएका छन्।

गीतमा पुरुषतर्फ गायक पाण्डेकै स्वर रहेको छ भने महिलातर्फ समधुर आबाजकी धनी गायिका मुना थापा पचभैयाले स्वर दिएकी छन्।सर्जक कृष्ण न्यौपानेको शब्द श्रीजना रहेको यस गीतमा स्वयं गायक पाण्डेकै संगीत रहेको छ भने चर्चित निर्देशक स्मृति तिमिल्सिनाले गीतको म्युजिक भिडियो निर्देशन गरेकी छन्।

गीतको म्युजिक भिडियोमा अहिलेका चल्तीका कलाकारहरु विमल अधिकारी ,सुस्मिता सापकोटा ,एडरिना पन्त लगायतको बेजोड अभिनय देख्न सकिन्छ।गीतको बजार ब्यबस्थापन लोकहित म्युजिक प्रालिले गरेको छ।

यस गीतको म्युजिक भिडियो गायक पाण्डेकै ब्यक्तिगत युटुब च्यानल नवीन पाण्डे हरी युटुब च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ।लोकगीत ,संगीतलाई माया गर्ने सम्पूर्ण नेपालीले गायक पाण्डेको युटुब च्यानल sascribe गरी थप हौसला प्रदान गरौ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु