२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ क्षेत्री समाज यूकेको सिंगो कार्यसमिति निर्विरोध, अध्यक्षमा यज्ञ क्षेत्री चयन

क्षेत्री समाज यूकेको सिंगो कार्यसमिति निर्विरोध, अध्यक्षमा यज्ञ क्षेत्री चयन

क्षेत्री समाज यूकेको नयाँ कार्यसमिति निर्विरोध भएको छ। संस्थाका वर्तमान कार्यसमितिका उपाध्यक्ष यज्ञ क्षेत्रीको अध्यक्षतामा सिंगो कार्यसमिति नै निर्विरोध बनेको हो।

उम्मेद्वारी दर्ताका लागि तोकिएको शनिबार दिउंसोसम्मको समयमा अध्यक्षसहितका सबै पदमा एकल उम्मेद्ववारी परेको निर्वाचन समितिले जनाएको छ।

आउंदो आइतबार भर्चुअल माध्यमबाट हुने सातौं अधिवेशनले संस्थाको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ। यो कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।

समाजको नयाँ कार्यसमितिका लागि २ उपाध्यक्षमा प्रकाश राउत र महेन्द्र केसी, महिला उपाध्यक्षमा श्रद्धा थापा र महासचिवमा दीर्घ केसी निर्विरोध भएका छन्।

त्यसैगरी, सचिवमा टोप बहादुर (रुपेश) राउत, कोषाध्यक्षमा मनिष खड्का र सहकोषाध्यक्षमा अन्जना थापाको एकल उम्मेद्वारी परेको छ। संस्थाको मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, सामाजिक सेक्रेटरीमा दिल जिसी र महिला संयोजकमा माया केसी निर्विरोध भएका छन्।
कार्यसमिति सदस्यहरुमा डा. मिन रानाभाट, बन्दना केसी, गंगा बहादुर केसी, मिलन केसी, राजु बोहोरा र यम भण्डारीको उम्मेद्वारी पनि निर्विरोध बनेको छ।

सन् २००७ मा स्थापित क्षेत्री समाज यूके बेलायतस्थित नेपाली समुदायमा ठूलो र सक्रिय संस्था मानिन्छ। समाजले विभिन्न समयमा च्यारिटीमुलक कार्य समेत गर्दै आएको छ। संस्थामा हाल राजन क्षेत्री अध्यक्ष छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु