२०७९ असोज १३ गत बिहीवार | September 29, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना प्रभाव बढ्दोक्रममा ,सोमबार मात्रै १ हजार १ सय ५४ जना संक्रमित थपिए

नेपालमा कोरोना प्रभाव बढ्दोक्रममा ,सोमबार मात्रै १ हजार १ सय ५४ जना संक्रमित थपिए

नेपालमा सोमबार मात्रै १ हजार १५४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।

सोमबारसम्म ७ हजार ४०३ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार ६११ जना आइसोलेसनमा रहेका छन्।

थप १६ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४२७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु