गृहपृष्ठ शरीरमा मुसा आएर तनावग्रस्त हुनुन्छ! यी उपाय अपनाउदा उत्तम हुने
शरीरमा मुसा आएर तनावग्रस्त हुनुन्छ! यी उपाय अपनाउदा उत्तम हुने

मानिस शरीरका विभिन्न भागमा ‘मुसा’ आएर हैरान भएका हुन्छन्। त्यसलाई रोक्न वा हटाउन नसक्दा उनीहरूको सुन्दरतामै असर परिरहेको हुन्छ। विभिन्न औषधि गर्दा पनि यसबाट छुटकारा पाउन नसक्दा मानिसलाई तनाव भइरहेको हुन्छ।
प्रायः हात र खुट्टामा बढी देखिने मुसालाई कसरी रोक्ने ?
यसबारे केही भ्रम पनि रहेको पाइन्छ। यसबारे केही जानकारी यहाँ दिइएको छ।शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलायो, दुख्यो भने चिकित्सककहाँ जानुपर्छ। यस्तो लक्षणले क्यान्सरसमेत हुन सक्छ। अझ कतिपय मासिनले घरमै वा पार्लर पुगेर मुसा हटाउने गर्छन्। जुन गलत हो। यसो गर्दा अन्य संक्रमण बढ्ने खतरा उच्च हुन्छ।–मुसाले अनावश्यक दुःख दिएको छैन भने त्यसलाई चलाउनु वा हटाउनु पर्दैन।
यदि मुसा दिनप्रतिदिन बढ्दै गएमा चिकित्सकबाट लेजरको प्रयोग गरी हटाउनुपर्छ। यो सबैभन्दा सुरक्षित उपाय हो। मुसा छालाको सतहभन्दा अलि माथि उठेका हुन्छन्। मुसा गोलो, च्याप्टो, केही चिल्लो, मुलायम र चेप्टो खालका हुन्छन्। कुनै मुसा छुँदा दुख्छ भने कुनै नदुख्ने प्रकृतिका हुन्छन्।
यो कुरा बुझ्नु आवश्यक हुन्छ।– घरायासी रूपमा ब्लेट वा अन्य हतियारले मुसा काटेर वा मासु ताछेर फाल्ने काम अत्यन्तै जोखिमपूर्ण हुन्छ । यसले क्यान्सरसमेत हुनसक्छ।यी बिषयमा अध्ययन गरेर मात्र उचित उपचारमा लाग्दा लाभदायक हुन्छ।