गृहपृष्ठ अफ्रिकी मुलुक युगान्डामा एक नेपालीको असामयिक निधन
अफ्रिकी मुलुक युगान्डामा एक नेपालीको असामयिक निधन

युगान्डामा एक नेपालीको असामयिक निधन भएको छ । निधन हुनेमा ४७ वर्षका योगेन्द्रप्रताप सेन ठकुरी रहेका छन्।उनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
नेपालको पर्वत घर भएका मृतक ठकुरी विगत १४ वर्ष देखी युगाण्डामा बस्दै आएका थिए।कोरोना संक्रमित उनको एक सातादेखि भ्यान्टिलेटरमा राखेर उपचार भैरहे पनि बचाउन नसकिएको बताइएको छ।
ठकुरी युगण्डाको राजधानी कम्पालामा सेफको रुपमा कार्यरत रहेका थिए। हालसम्म युगाण्डामा ६ हजार ४६८ जना संक्रमित भएका छन्।युगान्डा सरकारले दिएको तथ्यांकअनुसार त्यहाँ कोरोना संक्रमण कारण अहिलेसम्म ६३ जनाले ज्यान गुमाइसकेका छन्।