गृहपृष्ठ निद्रामा मानिस घुर्नेबारे रोचक तथ्य
निद्रामा मानिस घुर्नेबारे रोचक तथ्य

घुर्ने बारेमा पश्चिमा राष्ट्रमा रोचक तथ्य छ।
७०–८० को दशकमा बेलायतमा लोग्ने स्वास्नीबीच पारपाचुके निकै बढेर गयो। आफैले रोजेर प्रेम विवाह गर्ने संस्कृति बोकेको मुलुकमा यसरी एकाएक घरबार टुक्रिने कारण खोज्न राज्यले उच्चस्तरीय समिति बनायो।
त्यसबाट थाह भयो ७५ प्रतिशत पारपाचुके हुनुको कारण त्यहि घुराई नै रहेछ। कारण थाहापाएपछि बेलायतीहरुले घुर्नुलाई पनि स्वास्थ्य समस्याको रुपमा लिएर अनुसन्धान अघि बढाए।
पछिल्लो समयमा बैज्ञानिकहरुले घुराई आफैमा रोग नभएपनि रोगको संकेत हो भनेर भनेका छन्।बढी घुर्ने व्यक्तिमा कुनै न कुनैको समस्या हुन्छ भनेर जान्दा हुन्छ भन्ने बैज्ञानिकहरुको तर्क छ। त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थयमा बढी चनाखो हुनु जरुरी छ।
घुर्नुको कारण के हो ?
हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली। त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ। त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ। त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ।
यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ। त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ।
अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ। नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ – आफ्नो प्रकृयाको लागि छुटिन्छ।
त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ। त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ। स्वासप्रस्वास प्रकृयामा जव त्यहि (एरो डाईजेष्टिक ट्रयाक) भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ।
मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग (मुखे घाटी) भन्छौँ। त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भन्छौँ। यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ।
कस्ता व्यक्ति बढी घुर्छन ?
–नाकमा समस्या भएका व्यक्तिहरु
–तालुको समस्या भएका व्यक्तिहरु