गृहपृष्ठ नेपालमा कोरोना प्रभाव उच्च,कुल संक्रमित संख्या ६९ हजार नाघ्यो
नेपालमा कोरोना प्रभाव उच्च,कुल संक्रमित संख्या ६९ हजार नाघ्यो

नेपालमा आज मात्रै १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४५७ जना संक्रमित निको भएका छन्। अहिलेसम्म निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ।
कोरोनाका कारण थप १७ जनाले ज्यान गुमाएका छन्। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ।