गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो,निको हुने संख्या पनि बढ्यो
नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो,निको हुने संख्या पनि बढ्यो

नेपालमा पछिल्लो शुक्रबार मात्रै १ हजार ३१३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।थप ६ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४५९ पुगेको मन्त्रालयले जनाएको छ।