२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपाललमा शनिबार थपिए १ हजार २०७ कोरोना संक्रमित

नेपाललमा शनिबार थपिए १ हजार २०७ कोरोना संक्रमित

नेपालमा शनिबार मात्रै १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।आज मात्रै थप ८ जनाको कोरोनाका कारण ज्यान गएको छ।यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु