२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नाम जस्तै गीत पनि उस्तै,प्रेम गर्न निकै माहीर गायक ओली,प्रवासबाट सिधै आई लभ यु भने

नाम जस्तै गीत पनि उस्तै,प्रेम गर्न निकै माहीर गायक ओली,प्रवासबाट सिधै आई लभ यु भने

जे बी ओली नेपाली लोकदोहोरी क्षेत्रका दमदार गायक।उनका हरेक गीतमा मिठास,मौलिकता,रोमाञ्चकता ,बेग्लै आनन्द लिने माधुर्यता हुन्छ।

एक दशक भन्दा बढी समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय गायक ओलीका यसअघि चौतारीको पिपल ढलेको, जप्छु तिम्रै नाम, सल्यान बजारमा,घोराहि तुल्सिपुर ,तिजै रमाइलो,छम छमि तिज ,फेरि जोबान फुल्ने गरेर ,सम्झि रुने लाइ ,मेरो कथा आशु भित्र छ,बुडि पोइल गैइ,ठमेल बजारमा , सब को रहर पैसा कमाउने, सम्बन्ध जस्ता थुप्रै गीत बजारमा आइसकेका छन्।

ती मध्ये पनि चौतारीको पिपल ढलेको ,घोराही तुल्सिपुर निकै चलेका गीत हुन्।गायक ओली अहिले विभिन्न कारणले युरोपियन सदस्य रास्ट्र पोर्चुगलमा बस्दै आएका छन्।तर उनी प्रदेशमा भएपनि नेपाली गीत संगीतलाई औधी माया गर्ने,जगेर्नाका खातिर दिनरात खटिने गायक मध्येमा पर्छन्।

उनको भौतिक शरीर त प्रदेशमा छ भने तन -मन सबै नेपाली माटोमा जमेको छ।गीतमै रमाउने,निरन्तर नित्य कर्म गर्ने गायक ओलीले यसपटक फेरि धमाकेदार गीत काली आइ लभ यु बजारमा ल्याएका छन्।

उनको यो गीतलाई छोटो समयमै अत्यधिक दर्शक-स्रोताले मन पराएका छन्।यस गीतमा पुरुषतर्फ गायक ओलीकोनै आवाज रहेको छ भने महिलातर्फ अहिलेकी सर्वाधिक चर्चित गायिका मेलिना राईको दमदार स्वर रहेको छ।

गायक ओलीकै शब्द र संगीत रहेको यस गीति सङ्ग्रहमा चर्चित सर्जक झलक संगीतमले एरेन्ज र मिक्सिङको काम गरेका छन्।गीतको म्युजिक भिडियो पनि निकै आकर्षक र मनोरम बनेको छ।

चर्चित निर्देशक शंकर बिसिले निर्देशन गरेको यस भिडियोमा अहिलेका चल्तिका कलाकार महेन्द्र गौतम ,अञ्जली अधिकारी,करिस्मा ढकाल र स्वयं निर्देशक बिसिकै बेजोड नृत्य देख्न पाइन्छ।यस गीतको म्युजिक भिडियो स्वयं गायक ओलीकै युटुव च्यानलबाट हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु