गायक शर्माको गीतले हजारौं दर्शक -श्रोताको मन जित्दै,एक दिनको भयो सर्वत्र चर्चा

नामै काफी,गायक शर्माका एक पछि अर्को हिट गीत

पुस्कल शर्मा सायद यो नाम सुन्ने बित्तिकै लोकदोहोरी पारखी मन्त्रमुग्ध हुन्छन्।गायक शर्मा भन्ने बित्तिकै धेरै नेपालीको मन टोलाउछ,अझ अगाडि बढेर भन्दा उनका गीत एकपटक नसुकिन कतिपयलाई निद्रानै लाग्दैन।

यस्ता गायक

जसले दर्जनौं चर्चित गीत सृजना गरेर आम नेपालीको मन -मुटुमा डेरा जमाउन सफल भैसकेका छन्। मुटु जलाई जलाई,कालीगंगा तरे,धोका देको होइन जस्ता दर्जनौ लोकप्रिय गीत बजारमा ल्याइसकेका गायक शर्मा लोकदोहोरी क्षेत्रका नामुक गायक मध्ये एक हुन्।

उनै गायक शर्मा पछिल्लो समय फेरि चर्चाको शिखरमा छन्।कारण हो उनको पछिल्लो समय बजारमा आएको गीत “एक दिन”।यस एल्बममा मायाको लागि सम्पूर्ण जीवननै अर्पण गरेको तर अन्तिममा मन परेको मान्छे अर्कैको भएको जस्ता भावहरु समेटिएका छन्।

दुबैले औधी माया गरेको जोडी एक-अर्कासँग छुट्टीन पर्दाको पीडालाई गीतमा मार्मिक रुपमा उतारीएको छ।

 

गायक शर्माको संगीत र स्वर रहेको यस गीतमा बहुचर्चित गायिका बिस्णु माझीको कर्णप्रीय आवाज रहेको छ। यस एल्बममा सर्जक पिताराम बिस्टको शब्द रचना, बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने गीतको म्युजिक भिडियो निर्देशन स्वयं गायक शर्मालेनै गरेका छन्।

गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडल सारीका के .सी र गायक शर्माको बेजोड अभिनय देख्न पाइन्छ।गीतको बजार ब्यबस्थापन मन्दिर म्युजिक प्रालिले गरेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु