आज ४१ औं विश्व पर्यटन दिवस,नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४१ औँ विश्व पर्यटन दिवस। विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ। सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आएको इतिहास छ।

यस वर्ष ‘पर्यटन र ग्रामीण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ।आर्थिक विकासमा उल्लेख्य भूमिका र योगदान रहेको पर्यटन क्षेत्रले नेपालमा कोरोना माहामारीका बीचमा पनि सामान्य कार्यक्रम आयोजना गरेर मनाउदै छ।

विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ भने करीब ११ लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ।

नेपालमा विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सरकार तथा निजीक्षेत्रको साझेदारीमा पर्यटनलाई चलायमान बनाउने अभिप्रायले टास्क फोर्स गठन गरी शनिवार पर्यटन पुनरुत्थान अभियान आरम्भ गरिएको छ।

कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम पर्यटन पुनरुत्थान कार्यदल नेपालको औपचारिक आरम्भ गरिएको छ।

यसैबीच दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराइले विज्ञप्ति मार्फत शुभकामना समेत दिनुभएको छ।

मन्त्री भट्टराइले पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्वका रूपमा लिइने पर्यटन दिवसका अवसरमा विश्वभरिका पर्यटक, पर्यटन व्यवसायी, सरोकारवाला तथा आम जनसमुदायमा ४१औं विश्व पर्यटन दिवस–२०२० का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु