गृहपृष्ठ पोर्चुगलमा पुनः कोरोना संक्रमित बढ्न थाले,मानिसहरू थप त्रासमा
पोर्चुगलमा पुनः कोरोना संक्रमित बढ्न थाले,मानिसहरू थप त्रासमा

पोर्चुगलमा आइतबार थप ६६५ जनालाई संक्रमण पुष्टि भएको छ। यो संगै पोर्चुगलमा कुल संक्रमितहरुको संख्या ७३ हजार ६०४ पुगेको छ।
आज मात्रै कोरोना संक्रमणका कारण ९ जनाको ज्यान गएको छ। मृत्यु भएका ९ जनामा ५ जनाको लिस्बनमा, २ जना उत्तरीक्षेत्रमा र बाँकी २ जना मध्यक्षेत्रका रहेका छन्। हालसम्म पोर्चुगलमा एक हजार ९५३ जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन्।
पछिल्लो २४ घण्टामा मात्रै २६७ जना संक्रमित कोरोनामुक्त भएका छन्। यो संगै हालसम्म निको हुनेको संख्या ४७ हजार ६४७ पुगेको छ।
पोर्चुगलमा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएको विज्ञहरुले बताएका छन्। कोरोना संक्रमितहरुको लगातार वृद्धिसंगै अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि वृद्धि भएको छ।यो कोरोना कहर फेरि सुरु भएसँगै मानिसहरूमा थप चिन्ता बढेको छ।