गृहपृष्ठ नेपालमा सोमबार थपिए १ हजार ३ सय ५१ कोरोना संक्रमित
नेपालमा सोमबार थपिए १ हजार ३ सय ५१ कोरोना संक्रमित

नेपालमा सोमबार १ हजार ३५१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ७४२ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।कोरोना संक्रमणका थप ४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।