गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या वृद्धिमा कमि आएन,संक्रमित ७६ हजार भन्दा बढी पुगे
नेपालमा कोरोना संक्रमित संख्या वृद्धिमा कमि आएन,संक्रमित ७६ हजार भन्दा बढी पुगे
नेपालमा मंगलबार १ हजार ५१३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ७३१ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ।यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको मन्त्रालयले जनाएको छ।