२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ गैर आवासीय नेपाली संघ इटालीको बार्षिक साधारण सभा सम्पन्न

गैर आवासीय नेपाली संघ इटालीको बार्षिक साधारण सभा सम्पन्न

  • गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीको बार्षिक साधरण सभा अनलाइन भर्चुअल बैठक मार्फत आज सम्पन्न भएको छ।

स्विट्जरल्याण्ड स्थित नेपाली राजदुताबासका द्वितीय सचिव भुवन पौडेलकाे प्रमुख आतिथ्य रहेकाे उक्त कार्यक्रममा सघंका उपाध्यक्ष छबिलाल कंडेलले संघको बार्षिक गतिविधि बारे प्रकाश पार्नु भएको थियो भने कोषाध्यक्ष अशोक उप्रेतीले बार्षिक आर्थिक प्रतिवेदन पेश गर्नुभएकाे थियाे।

त्यस्तै महिला प्रतिनिधि भावा मल्लले महिला प्रतिवेदन पेश गर्नु भएकाे थियो। कार्यक्रमा संघका अध्यक्ष देवराज गुरुङले कोरोना महामारीको यस समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै आगामी दिनमा सबै संग हतेमालो गर्दै अगाडी बढ्ने प्रण गर्नुभयाे।कार्यक्रमको संचालन संघका महासचिव भबेश कुमार सिंहले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु