गृहपृष्ठ स्वर्गीय बुवाको सम्झनामा दिलुको ‘होनी बरै’ गीत बजारमा
स्वर्गीय बुवाको सम्झनामा दिलुको ‘होनी बरै’ गीत बजारमा

लोक तथा दोहोरी गायिका दिलु सलामी मगरले आफ्नो स्वर्गीय हुनुभएका बुवाको सम्झनामा लोक गीत होनि बरै सार्वजनिक गरेकी छन्।
उसो त उनको आफ्नै वास्तविक कहानिमा आधारित यस गीतमा शब्द,लय, स्वर तथा परिकल्पना समेत उनको स्वयंकै रहेको छ ।बुवाको स्वर्गेबास भएका जोकोहिको पनि गीत हेरेर सुनेर आँखा नरसाउला भन्न सकिन्न।
दिवान किनारले संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ गरेको गीत एम बि रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो। भिडियो तर्फ भने सुरवीर पन्डित र रमा थपलियाले जिवन्त अभिनय गरेका छन्।
मानसिङ खड्काले निर्देशन गरेको गीतमा सागर गौतम को छायांकन तथा राजकुमार मगरको सम्पादन रहेको छ।गीतको भिडियो दिलु सलामी मगर को युटुब मार्फत रिलिज गरिएको हो।https://youtu.be/9CsRO172I4g