गृहपृष्ठ नेपालमा बिहिवार मात्रै १ हजार ९ सय ११ कोरोना संक्रमित थपिए,संख्या बढेको बढै
नेपालमा बिहिवार मात्रै १ हजार ९ सय ११ कोरोना संक्रमित थपिए,संख्या बढेको बढै

नेपालमा बिहिवार मात्रै १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९६१ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।