गृहपृष्ठ शास्त्रमा विश्वास गर्नुहुन्छ !यस्ता छन् शास्त्रीय सिद्धान्तहरु जुनले धन प्राप्त गर्ने शुभ संकेत दिन्छन्
शास्त्रमा विश्वास गर्नुहुन्छ !यस्ता छन् शास्त्रीय सिद्धान्तहरु जुनले धन प्राप्त गर्ने शुभ संकेत दिन्छन्

शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ।
विभिन्न संकेतबाट शुभ हुँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ। यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाईंलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन्।
धन प्राप्तिका केही शास्त्रीय संकेत
१ यदि तपाईंको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाईंलाई धन हात पर्दैछ। बैंक जाने समयमा बाटोमा गाई देख्नु भो भने तपाईंको काम पुरा हुन्छ।
२ विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाईंलाई धन लाभ हुन सक्छ।
३ यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ। यदी पैसा हातबाट खस्यो भने तपाईंलाई धनलाभ हुन सक्छ।
४ सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाईंको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो।
५ यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।
६ पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो।
७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाईंको माग्नु पर्ने पैसा नमागी उठ्छ।
८ सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ।
९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ।
१० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ।
११ सपनामा मुत्र, वीर्य, वा दिशा सेवन गरेको देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ।
१२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ।