गृहपृष्ठ रौतहटमा एक बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका
रौतहटमा एक बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका

रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार साँझ १४ वर्षकी बालिका मृत अवस्थामा भेटिएकी छन्।
बृन्दावन नगरपालिका वडा नं ४ हरैया पल्टुवामा मामाघर बस्दै आएकी सँझा साह कानुको शव गाउँकै उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार बिहान १० बजे तिर घाँस काटन गएकी उनी अबेरसम्म घर नफर्केपछि परिवार र स्थानीयले खोजी गर्दा उखुबारीमा शव भेटिएको हो।
शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ। घटनाको बारेमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए।