गृहपृष्ठ गायक नरेश खातीको सृजना अब्बल साबित ,मेरी छोरी एल्बम २ करोडमा
गायक नरेश खातीको सृजना अब्बल साबित ,मेरी छोरी एल्बम २ करोडमा
- एउटा गीत बजारमा चल्न सबभन्दा महत्वपूर्ण भुमिका सायद स्वरलाई मात्र लिने गरीन्छ।तर पर्दा पछाडि लेखिने शब्दले कति भूमिका निर्वाह गरेको हुन्छ भन्ने सन्दर्भमा सायदै धेरैको ध्यान नगएको हुन सक्छ।
त्यहीँ उत्कृष्ट शब्दका कारणनै मेरी छोरी नामक एल्बमले २ करोड भन्दा बढी दर्शकको माया पाएको छ।झन्डै ७ महिना अगाडि बजारमा ल्याइएको यस गीती सङ्ग्रहका मुख्य सुत्रधार गायक एवं सर्जक नरेश खातीनै हुन्।
उनको शब्दमा मौलिकता ,रहनसहन र परम्परागत सामाजिक परिदृश्यलाई दुरुस्तै उतारेको पाइन्छ।यसकारण उनका हरेक गीत दर्शकको बढी रोजाइमा परेको देखिन्छ।यो एल्बममा गायक मेक्सम खाती र गायिका माण्डबी त्रीपठिको पनि विशेष भूमिका रहेको छ।
दुबै गायक-गायीकाको समधुर स्वरले एल्बमलाई थप मनोमोहक बनाएको छ।एल्बममा गायक एवं सर्जक नरेश खातीको शब्द रचना तथा संगीत रहेको छ भने गायक मेक्सम खाती , गायिका माण्डबी त्रीपाठी र बाल गायिका दीपिका कंडेलको कर्णप्रीय आवाज रहेको छ।
चर्चित निर्देशक क्रान्ति केसीले निर्देशन गरेको भिडियोमा लोकप्रिय कलाकार दिलिप रायमाझी,दिया जिसी र बालकलाकार अभिलिना खड्काको बेजोड अभिनय रहेको छ।