२०७८ साउन १९ गते मंगलवार | August 03, 2021

Bharat Poudel

गृहपृष्ठ पहिले करोडपति सागरको हातमा अहिले केवल नांगो सडक र रित्तो हात छ

पहिले करोडपति सागरको हातमा अहिले केवल नांगो सडक र रित्तो हात छ

करोडौंमा रमेका सागर आज एक रुपैयाँको लागि सडकमा धाइरहेका छन्

लाउन -खान अथाह धनसम्पत्ती भएको मानिसले केनै मरिहत्ते गर्नु पर्छ र!भएको धन दौलतलाई सदुपयोग गर्दै जाने त हो।प्रायः धेरैको सोच यहीँ नै हुन्छ।

काठमाडौंमा ४ ओटा घर ,बैंक तथा बित्तिय सस्थामा करोडौंको शेयर ,विभिन्न निजि स्कुलहरुमा लगानी।एक श्रीमती ,२ छोरा र एक छोरी सहितको परिवार।बर्षमा घरहरूबाटनै लाखौं भाडा मात्र उठ्ने।

अब अनुमान गरौ त्यो परिवार दुखी हुनुपर्ने कारण के नै छ र!नभएको केही छैन ।केवल भएकोलाई स्यार गरे मात्र पुग्ने सम्पत्ति छ।तर त्यहीँ मानिस गलत संगत र नजायज बाटोमा लाग्यो भने धन दौलत सिद्धिन केनै बेर लाग्छ र।

झट्ट सुन्दा आशर्य लाग्न सक्छ !तर भयो अचम्मनै।काठमाडौंका सागर नेपाल आज त्यस्तै घटनाको एक जिउँदो पात्र बनेका छन्।काठमाडौंका ५ तारे होटेलमा मोजमस्ती गर्दै हिड्ने नेपालको आजको दिनसम्म आइपुग्दा केवल सम्पत्तिको नाममा आफ्नो लगाएको टिसर्ट र पैन्टमात्र छ।

भएको परिवार पनि टुट्यो। सबै नातागोता ,आफन्त पराइ भए।उनलाई हेर्न त के बोल्न समेत खोज्दैनन् आफन्त। उनी अहिले काठमाडौं सडकको गल्ली- गल्लीमा कचौरा लिएर भिख मागिरहेका छन्।

आखिर कसरी झरे त करोडपति नेपाल सडकपतिमा

उनको कथा सुन्दा मन बेचेन हुन्छ।पुर्खौली घर रौतहट भएका नेपालका बुवा पन्चायतकालमा एक पटक प्रधानपन्च पनि भएका थिए।उनका बुवा गाउँमा निकै टाठाबाठामा गनिन्थे।रौतहटमा भएको कैयौं बिघा जमिन बेचेर २०४० सालमा काठमाडौंको कपनमा घर -घडेरी किनेर बसाइँसराइ गरेका रहेछन्।

सागरले केही समय काठमाडौंको बुढानिलकण्ठ स्कुलमा पढे भने बिएस्सी अमृत साइन्स क्याम्पस बाट गरे। २०५० सालमा सागरको मागी विवाह भएको थियो।२०५४ सालमा बुवाको निधन भैसकेपछि घर व्यबहार र ब्यापार समाल्ने सबै सागरको काधमा आयो।

काठमाडौंको असनमा होलसेल कपडा पनि सन्चालन गरिरहेका थिए।पसल पनि निकै चलेको थियो।त्यहाँबाट सागरले उच्च नाफा कमाएका थिए।५ जनालाई रोजगार पनि दिएका थिए उक्त पसलमा।उनिसँग पजेरो गाडी थियो।लाखौं पर्ने गाडीमा सयर गरिरहेका थिए।राम्रै चलिरहेको थियो।परिवार पनि खुशी थियो।दुख पाउनु पर्ने कारणनै थिएन।सागर विस्तारै विलासी हुँदै गए।

जुवातास र क्यासिनोमा साथिहरुसँगै रमाउन थाले।उनलाई परिवारतिर पनि ध्याननै जान छोड्यो।यतिसम्म कि घरबाट पसल जान्छु भनेर हिडेका सागर क्यासिनोमा जान थाले।सुरु -सुरुमा उनले मजानै लुटे।कहिले बानेश्वरको एभरेस्ट क्यासिनो त कहिले याक एन्ड यतिको क्यासिनो।फेरि -फेरि जान्थे क्यासिनो पनि।

सुरुवाती दिनमा त २,४ लाख जीते पनि।तर सधै अर्कोले जिते क्यासिनो सन्चालकले कसरी कमाउने!विस्तारै सागरलाई क्यासिनोमा धाउने लतनै भयो।कतिसम्म भने उनी ४,५ दिनसम्म होटलमै सुतेर क्यासिनोमा जुवा खेल्ने गर्थे ।२,४ लाख गर्दै एकै दिन करोड पनि हारेका रेकर्ड छन् सागरसँग।

खेल्दा- खेल्दै बैंकमा भएको नगद रकम सिद्धियो,साथीभाइसँग रीण लिए त्यो पनि सिद्धियो।असनमा रहेको पसल पनि बेचे।त्यहाँबाट बचेकोखुचेको रकम पनि क्यासिनोमै सिद्धाए।हुँदा -हुँदा आफू बस्ने घर,भाडामा लगाएका घर र अन्तमा बचेको गाडी पनि बेच्न पुगे।

गएको रकम फिर्ता गर्न सकिन्छ कि भनेर श्रीमतीका गरगहना पनि बेचेर क्यासिनोमा सखाप पारे।यता घरपरिवारको बिचल्ली भयो।जमेको घरपरिवार तहसनहस भयो।रीण लिएको ठाउँबाट दिनप्रतिदिन दबाब आउन थाल्यो।अतिनै भएपछि श्रीमतीले नाता तोड्ने निर्णय गरीन्।सम्बन्ध बिच्छेद गरेर उनी पनि अर्कै ठाँउमा माइतीको साहारामा बस्न थालीन्।

सागरको जीवनमा यस्तो तुफान आयो की जुन कल्पना भन्दा बाहिरको थियो।कुनै समय करोडौंका मालिक घरबार बिहिन् भए।

धनसम्पत्ती त सिद्धियो उता साथ दिदै आएका श्रीमती र छोराछोरीले पनि चट्क्कै छोडे।उनको अगाडि केवल एउटा विकल्प बाकी रहयो।के मर्ने कि त बहुलाउने!कति पटक त पासो लगाएर मर्ने प्रयास पनि गरे उनले तर कालनै नआएको रैछ भन्छन्।

अब भोकै बस्न नसकेपछि उनले सडकमा मागेर बाचिरहेका छन्।केवल रात गनिरहेका हुन्छन्, कतिखेर ढल्छ र दिनमा मागेर खान पाइन्छ भनेर।उनी बेला-बेला रुन्छ्न्,चिच्याउछन् ,हडबडाउछन् तर सुन्ने कोही छैन।छ त केवल वरिपरि नांगो सडक छ र रित्तो हात छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु