गृहपृष्ठ नेपालमा कोरोना प्रभाव उच्च,संक्रमित संख्या ८९ हजार नाघ्यो
नेपालमा कोरोना प्रभाव उच्च,संक्रमित संख्या ८९ हजार नाघ्यो
नेपालमा सोमबार २ हजार ४४० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २०३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १३३ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ।थप १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५५४ पुगेको मन्त्रालयले जनाएको छ।