२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ ५ नम्बर प्रदेशको राजधानी सार्न खोज्नु दुर्भाग्यपूर्ण,जनमतको घोर अपमान

५ नम्बर प्रदेशको राजधानी सार्न खोज्नु दुर्भाग्यपूर्ण,जनमतको घोर अपमान

जनताको शासन जनतामा खै

नेपालजस्तो सानो मुलुकमा संघियता उपयुक्त होला र भन्ने प्रश्न यदाकदा नउठेको पनि होइन !तर राजनितीक दलको आग्रह मुताविक बहुसंख्यक नेपाली जनताले देशको केन्द्रीकृत शक्तिलाई बिकेन्दृकृत गर्नुपर्छ भन्ने आवाज उठाए।

सिंहदरबारमा झुन्डको रुपमा राखिएको शक्तिलाई सोझै जनतामाझ पुर्याउने अलाप गरियो।त्यो पनि सजिलो स्वरुप संघियता मार्फत।२०६२/६३ को जनआन्दोलनमा सयौं जनताले ज्यान गुमाए,हजारौं अंगभंग भए।घर-घरमा अधिकार आउछ,विकासको रोलमोडेलमा देश जान्छ भन्ने अपेक्षाका साथ।

आफ्नो बलिदान दिए ,टाउको फुटाए,रगतका धारा बगे अधिकार प्राप्तिका लागि।तर त्यो जनताको योगदान राजनीतिक दलका निश्चित नेताको भागबन्डा मिलाउनलाई पक्कै थिएन।आज ५ नम्बर प्रदेशको राजधानी बनाउने विवादले उग्ररूप लिदै छ।यो हठात र निहित स्वार्थमा लाद्न खोजिएको निर्णयले जनतामा आबेग र आक्रोश उत्पन्न भएको हो।प्रदेश राजधानी बनाउन बुटवल यी कारणले अत्यन्त सान्दर्भिक छ।

विकासका पुर्वाधार

विकासको दृस्ठिकोणले बुटवल सडक संजालमा फड्को मारेको शहर हो।यहाँ हरेक जिल्लाका जनता सहजै सडक संजालबाट जोडिएका छन्।पाल्पा,गुल्मी ,कपिलवस्तु ,अर्घाखाँची ,नवलपरासी ,दाङ ,नेपालगन्ज लगायतका जिल्लाका जनताको लागि पायक पर्ने ठाउँ बुटवल हो।

स्वास्थ तथा शिक्षा

स्वास्थ्य र शिक्षामा पनि बुटवल नमूना शहर हो।यहाँ गुणस्तरीय र स्तरीय शिक्षालय र अस्पताल प्रयाप्त मात्रामा छन्।औषधि तथा उपचारका लागि सुलभ ठाउँ ।

ब्यापारिक दृस्ठिकोणमा थप बलियो

व्यापार तथा ब्यबसायको दृस्ठिकोणमा बुटवल निकै ब्यबस्थित र उत्तम शहर हो।यहाँ हरेक जिल्लामा उत्पादित सामानहरु बिक्रि गर्ने ,वितरण गर्ने र खरिद गर्ने ब्यापारीक हब हो।बुटवल नजिकै भब्य ब्यापारीक शहर भैरहवा पनि जोडिएको छ।

अन्तर्राष्ट्रिय क्षेत्रीय एयरपोर्ट

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ब्यबस्थित एयरपोर्ट भैरहवामा बन्दै छ।जुन निर्माणको अन्तिम चरणमा छ।यहीँ एयरपोर्टका कारण देशबिदेशबाट आउजाउ गर्न निकै सरल र सजिलो हुनेछ।

धार्मिक दृस्ठिकोण

धार्मिक संरचनाका हिसाबले पनि बहुचर्चित ठाउँ हो। गौतम बुद्धको जन्मभूमि र  तपस्या गरेको उदगम स्थल लुम्बिनी। विश्वका चर्चित शहरमा प्रख्यात नाम लुम्बिनी। आन्तरिक तथा बाहय प्रयटक भित्राउन सकिने बलियो आधार भएको क्षेत्र ।

यसरी सबै आधार र बिकासका दृस्ठिकोणले अत्यन्त लाभदायक ठाउँ हो बुटवल प्रदेश राजधानी।हुन त यहाँनीर अर्को प्रश्न उब्जिएला।विकास नभएको ठाउँमा पो प्रदेश राजधानी बनाउने हो।विकास नभएको ठाउँमा अवश्य  विकास गर्नु पर्दछ ,सामाजिक ,राजनीतिक र आर्थिक हिसाबमा हरेक ठाउँ सुसज्जित बनाउनु पर्दछ।यो अकाट्य बिषयनै हो।

तर प्रदेश राजधानी बनाउने बिषय सामान्य खेलाची , हडबडाहड र कसैको लठैत स्वार्थमा निर्णय गर्ने बिषय हैन।विकासका संरचना,सबैका लागि पायक पर्ने ठाउँ र आवतजावतमा सरलता पक्कै हेर्नू पर्दछ ।कुनै डाँडाको बीचमा राजधानी सार्दैमा त्यो ठाउँ झलमल हुन्छ भन्ने मानिसकता राख्नु सरासर गलत मानसिकताको पराकाष्ठा शिवाय केही हुन सक्दैन।

आज बुटवल

दन्किरहेको छ,रन्किरहेको छ,आक्रोश र आबेग उद्धेलिएको छ।यो स्वभाविक र न्यासंगत हो।जनताको भावना र जनमत सडकमा उत्रनु गलत निर्णयका विरुद्ध खबरदारी हो।केन्द्रमा प्रधानमन्त्री केपी ओली ,पुस्कमल दाहाल प्रचण्ड वा शेरबहादुर देउवाले गर्ने निर्णय सर्पोवरी हुन्छ भन्ने धृष्टता गरिदै छ।

यो जनादेशका विरुद्ध दिएको अपमान हो। अर्को तर्फ संसदमा कुर्सी भाच्ने,तोडफोड गर्ने भन्दा पनि अनुशासनको पालना उत्तिकै हुन जरुरी छ।जनताको   भावनालाई समयमै सम्बोधन गरौ ताकि जनताको शासन जनतामानै छोडौ।हतारमा निर्णय गरेर पछुताउने दुस्साहस नगरौ।जय देश,जय राजधानी बुटवल।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु