२०७९ असोज १० गत सोमवार | September 26, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा मंगलबार १ हजार ५ सय ५१ कोरोना संक्रमीत थपिए,संख्या ९० हजार माथी पुग्यो

नेपालमा मंगलबार १ हजार ५ सय ५१ कोरोना संक्रमीत थपिए,संख्या ९० हजार माथी पुग्यो

नेपालमा आज मात्रै १ हजार ५५१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३४० जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु