गृहपृष्ठ चर्चित हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण
चर्चित हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण

चर्चित हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण देखिएको छ।उनले सो कुराको मंगलबार सामाजिक सन्जाल मार्फत जानकारी दिएर पुष्टि गरेका हुन्।आचार्य र उनकी श्रीमती रमिलालाई पनि कोरोना संक्रमण देखिएको छ।
‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं,’ उनले भनेका छन्, ‘हामी दुवैजनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो।’
आचार्यका अनुसार दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ। उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन्।
‘हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला,’ उनले भनेका छन्,।
‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं।’ उनले सबैलाई नआत्तिन र समयमै सावधानी अपनाउन समेत आग्रह गरेका छन्।