२०७९ असोज १२ गत बुधवार | September 28, 2022

Bharat Poudel

गृहपृष्ठ रिडी रूद्रबेनी- वामीटक्सार मोटरबाटो अबरुद्ध हुँदा यात्रुहरूलाई सास्ती

रिडी रूद्रबेनी- वामीटक्सार मोटरबाटो अबरुद्ध हुँदा यात्रुहरूलाई सास्ती

रिडी रूद्रबेनी वामीटक्सार मोटर बाटो अबरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ।केही दिन पहिले रिडी बजार नजिकै बिस्णुपन्जर भन्ने स्थानमा सडकमाथी बाट आएको पहिरोको कारण सडक अबरुद्ध भएको छ।

सडक अबरुद्ध हुँदा यस बाटो हुदै वामीटक्सार र बागलुङका बिभिन्न स्थानमा पुग्नु पर्ने र त्यहाँबाट छुट्ने यातायातका साधनहरू तम्घास हुदै चल्न थालेका छन्।
सडक खुलाऊन डोजर प्रयोग गरिएता पनि सडकमा ठुलो पहिरो रहेकोले सडक सुचारू गर्न अझै धेरै समय लाग्ने बताईएको छ।

बडादशैको पुर्ब सन्ध्यामा बिभिन्न स्थानबाट आफ्नो घर आऊनेहरूलाई तम्घास हुदै आवत जावत गर्नु पर्ने बाध्यता छ।

यसै सन्दर्भमा गुल्मीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु कालिगण्डकी करिडोर र रिडी बुर्तिबाङ् सडक खण्डको रिडी बिस्णुपन्जरमा गएको बिशाल पहिरो यथासिघ्र हटाइ सडक सन्चालन गर्न निरिक्षण सहित सम्बन्धित निकायलाई निर्देशन दिन केही दिन पहिले उक्त स्थानमा पुग्नु भएको थियो।

आज जिल्ला प्रशासन कार्यलय गुल्मीले रिडी रुद्रबेणी सडकमा गएको पहिरो हटाएर यातायात सुचारू गर्न दुबै तिरबाट एक्साभेटरले काम गरिरहेको जानकारी दिएको छ।’आशा गरौँ छिटोभन्दा छिटो आवागमन शुरु हुनेछ।

यातायात सुचारु गर्न हामी लागिरहेका छौं।विपदको अवस्थामा धैर्यताले काम गरौं’जिल्ला प्रशासन कार्यलय गुल्मीको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु