गृहपृष्ठ के तपाईलाई पिनासले सताएको छ ! समाधान उपायहरू यी हुन् सक्दछन्।जानीराखौ..
के तपाईलाई पिनासले सताएको छ ! समाधान उपायहरू यी हुन् सक्दछन्।जानीराखौ..

पिनास भनेको साइनसहरुको इन्फ्लामेसन हो। साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो स-साना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्।
किन हुन्छ पिनास ?
पिनास हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्।
कहिलेकाहीँ नाकको भित्री भागमा मासु पलाउने, ट्युमर पलाउँदा पनि पिनास हुनसक्छ । पिनास एलर्जी र भाइरल वा व्याक्टेरियको संक्रमणका कारण हुन्छ।
पिनासका लक्षणहरु
–नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने ।
– नाक बन्द भइरहने।
–टाउको भारी हुने।
–अघिल्लो भाग निधारमा दुखिरहने।
–सुध्ने शक्तिमा कमि आउने।
–ज्वरो आउने।
–जीउ दुख्ने।
–नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने।
–नाक, आँखा चिलाउने।
–हाँछ्यु आइरहने।
यस्ता लक्षण देखिएका चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ।
पिनास हुनबाट यसरी बच्नुस्
–पानी प्रशस्त मात्रामा पिउने।
–नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।
–धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ।
–नाकको भित्री सतहमा हुने रौंहरुलाई खराब असर पुर्याउने धुलो-धुँवा प्रदुषण रसायनहरुबाट एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।
पिनास रोगका मुख्य कारण
-रोग प्रतिरोध क्षमतामा कमी
-नाकको हडडी बाङ्गो हुने अवस्था
-एलर्जी
-श्वास नलिको सक्रमण
-अनुचित जीवनशैली
-अनुचित पाचन एवं पोषण
-शरीरमा सञ्चित विषाक्त पदार्थ
-मानसिक एवं शारीरिक तनाव
पिनासको लक्षण
-शिरमा अत्यन्त पीडा
-नाक सुख्खा हुनु
-श्वासमा दुर्गन्ध
-गन्धबोधमा कमी हुनु
-निरन्तर रुघा लाग्नु
-तातो वाफ र पिप निस्कनु
-नाकको भागमा सुन्नीनु
-अनुहार वरिपरी सुन्नीएको अनुभव
-निरन्तर सिंगान बग्नु
पिनासबाट बच्ने उपाय
-तातो झोल पदार्थ प्रशस्त पिउने
-तातो र न्यानो खाना खाने
-चिसो मौसमबाट बच्ने
-नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने
-प्रशस्त पानी पिउने
-नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने
-केरा, सुन्तला, भूईकटहर जस्ता फलफूल नखाने
-दुग्ध पदार्थ अत्यन्त कम खाने
-भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने
-नियमित प्राणयाम तथा व्यायाम गर्ने
-अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने
-धूम्रपान त्याग्ने
-तुलसी एवं बेसार पानी पिउने र बाफ लिने
उपयोगी जडिबुटीहरु
बेसार, मोथे, अदुवा, करञ्ज, हिङ्ग, देवदारु, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली
खान र गर्न हुने कुरा
नाकको रोगमा बन्द कोठामा बस्नु, पसिना निकाल्नु, पुरानो जौ, शाली चामल, मुग, गहतको रस, लसुन, हल्का भोजन पथ्य हुन्छ । उसिनेको खाना मात्र खाने, सिंगान बगिरहेमा तातोपानीमा अदुवा, तुलसी, बेसार पानी पिउने। सुख्खा पिनास भए पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ।
खान र गर्न नहुने कुरा
दही, दूध, माछा, मासु, अण्डा, पीरो, अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, बार्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसालादार खानेकुरा खानहुादैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुदैंन।
योग/प्राणयाम
रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले नासागत सम्पूर्ण नासागत रोगहरु नाष्ट हुन्छ।
उपयोगी प्राणयाम : कपालभााती प्राणायाम, भष्ट्रिका, अनुलोम विलोम
घरेलु उपचार
हरियो धनियाा र सेतो चन्दन पिनेर सुघ्नाले छ्या नष्ट हुन्छ। बेसार, अदुवा, धनियाा, पिप्पली बराबर भुट्ने र मसालाको रुपमा तरकारी वा सुपको रुपमा प्रयोग गर्ने।
सक्खर मरिच दही सेवन गरेमा रोग नष्ट हुन्छ।
चिसो हावा, चिसो खाना, मसालादार खानाबाट बच्ने।
सधैं तातो पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने।
नुनपानीले दिनको २-३ पटक कुल्ला गर्ने। (सिंधे नुन)
अदुवा, हरिद्रा आदि तातो पानीसाग पिउने।
आयुर्वेद अनुसार बेसार कपडामा बेरेर धुवाा सुघ्ने।
पटक पटक मनतातो पानी पिउने।
पिनासको आयुर्वेदिक उपचार
तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ। तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ।
स्टिम थेरापी
औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ। यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन सकिन्छ।
नस्यकर्म
नस्यकर्म भनेको आयुर्वेद शरीर शुद्घ प्रक्रिया अन्तर्गत शिर एवं नाशागत रोगका निमित्त महत्वपूर्ण चिकित्सा हो। नाकबाट विभिन्न औषधीहरु पठाएर पिनास एवं नासाका अन्य समस्यामा चिकित्सकको प्रत्यक्ष निगरानीमा आयुर्वेद केन्द्रमा नस्य उपचार गरिन्छ।
नस्य कर्मले नासामार्ग रहेका संक्रमण नष्ट हुन्छ र रुकावट ठिक हुन्छ, साथै नव एवं जीर्ण पिनास रोग पनि सफलतापूर्वक ठिक हुन्छ।
पिनास के हो ?
लक्षण,समस्या र समाधान:
पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ। अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने चलन छ।
कतिपय रोगहरू निश्चित समयपछि आफै निको हुन्छ । विरामीहरू आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन्। तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ ।
कसरी जोगिने ?
– प्रशस्त मात्रामा पानी पिउने ।
– चिसोबाट जागिने ।
– तातोपानीको बाफ लिने ।
– धूलो-धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।
– साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने। रुघा लागे तातोपानीको बाफ लिने। आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने।
– एलर्जीको उपचार गराउने।
– नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने।
यी बिषयबस्तुहरु हामीले विभिन्न माध्यमबाट संकलन गरेका हौ।कतिपय डाक्टरसँगको परामर्शमा राखिएको हो भने कतिपय बिषयहरु अन्य अनलाइन पोर्टलबाट पनि साभार गरिएको छ।स्वास्थ्यनै जीवनको धन हो।कृपया सजग बनौ।स्वस्थ बनौ।