२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ कोरोनाका कारण नेपालको स्वास्थ्य अवस्था थप जटिल बन्दै,एकै दिन थपिए यति धेरै संक्रमित

कोरोनाका कारण नेपालको स्वास्थ्य अवस्था थप जटिल बन्दै,एकै दिन थपिए यति धेरै संक्रमित

नेपालमा बुधबार हालसम्मकै सर्वाधिक ३ हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १२६ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।थप १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु