गृहपृष्ठ नेपालमा कोरोना महामारीको अहिलेसम्मकै उच्च रेकर्ड,संक्रमित संख्या झन्डै १ लाख
नेपालमा कोरोना महामारीको अहिलेसम्मकै उच्च रेकर्ड,संक्रमित संख्या झन्डै १ लाख

नेपालमा बिहिवार हालसम्मकै सर्वाधिक ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६७५ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।थप १२ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको मन्त्रालयले जनाएको छ।