गृहपृष्ठ एउटी बुढी आमा जसले रत्नपार्कमा बदाम बेचेर गुजारा चलाएकी थिइन्।
एउटी बुढी आमा जसले रत्नपार्कमा बदाम बेचेर गुजारा चलाएकी थिइन्।
कथा पीडादायी तर बुढेसकालमा उर्जा उत्तिकै लोभलाग्दो

रत्नपार्क काठमाडौंको एक चर्चित ठाउँ
काठमाडौं ओर्लिएपछि रत्नपार्कमा नपुग्ने कमै मानिस छन् होला।रत्नपार्कलाई विशेष गरि मनोरञ्जन गर्ने वा सामान्य बोलचालीको भाषामा टाइम पास गर्ने ठाउँ भनेर पनि चिनिने गरिन्छ।
खासगरी भर्खर युवायुवती जमघट हुने ठाउँको रुपमा पनि प्रख्यात छ “रत्नपार्क “।त्यहाँ प्रायगरी बेरोजगार ,मनोरञ्जन लिन लालायित मानिसहरु भेला हुने गर्दछन्।कुनै समय मुकुन्द घिमिरेले भाषणबाजी गर्ने ठाउँ पनि हो।
२०६२ साल तिरको कुरा हो।म काठमाडौको मुटु मिनिभवनमा रहेको नेपाल कमर्स क्याम्पसमा अध्ययनरत थिए।त्यो समय खासै काम पनि थिएन।धेरै पढ्ने जागर नलाग्ने बरु साथिभाइसँग जमघटमा रमाउन मन लाग्ने।लहैलहैमा साथिहरुसँग रत्नपार्क जाने गर्थेउ।
घाम ताप्न पारिलो ठाउँ,एकातर्फ मुकुन्द घिमिरे(मुकेन्दे)को दमदार भाषण ,जादुको नाटक र मकै ,बदाम बेच्ने बीचको जमघटमा रमाइलो बसाइँ।हामी ३,४ जना साथीहरू हप्ताको २,३ दिन त्यहाँ पुग्ने गर्थेउ।
कहिले गाडीमा चडेर र कहिले हिडेरनै जाने गर्थेउ।जाडोको समय, तातो घाममा साथिहरुसँग गफिदै गर्दाको आनन्द सम्झनलायक हुनेनै भो।हामी पुगेपछि पालैपालो बदाम ,मकै किनेर सबैले खाने गर्थेउ।हामी बसीरहेको ठाउँमा जवान युवती ,अधबैसे ,पाको उमेरका सम्म बदाम बेच्न आउने गर्थे।
त्यहाँ कसले बेच्ने र कसको किन्ने भन्नेमा एक किसिमको प्रतिस्पर्धा पनि हुन्थ्यो।हामी बसिसकेपछि लगातार बदाम,मकै र पानी बेच्ने समुह आइरहन्थ्यो।बदाम बेच्ने भिडमा एक जना पाको उमेरकी महिला पनि थिइन्।उनी अरु जस्तो दुगुर्न सक्ने थिइनन्।
रौ फुलेका,गाला चाउरी परेका,पातलो शरीर तर पनि उनमा एक किसिमको उर्जा थियो।मीठो बोली,नम्र व्यबहार र बेच्ने कला उनमा जादुमय थियो।हरेक दिन डालोमा बोकेर मानाको १० भन्दै हामी छेउ आउने गर्थिन।हामीले प्रायगरी उनिसँगबाटनै किनेर खाने गर्थेउ।
एक दिन मेरो मनमा उत्सुकता जाग्यो।
मैले उनलाई सोध्ने निधो गरे।शनिबारको दिन थियो ।सधैझै उनी हाम्रो छेउमा आइन्।मानो झिकिन र पत्रीका च्यातेर बदाम राखिदिइन्।उनी हिड्न हतारमा थिइन् किनकी बेच्ने दौडमा उनी जमेकी थिइन्।
मैले उनको उमेर सोधे।६४ भए बाबु भनिन्।नाम सोधे।हिमकली तामाङ भनिन्।बस्ने घर सोधे।काभ्रे भन्ने जबाफ दिइन्।उनको श्रीमानको बारे सोधे उबेलानै स्वर्गे हुनु भएको भनिन्।फेरि मेरो मनले मानेन र कति सालमा भने!२०५० सालतिर घाँस काट्न जादा भिरबाट लडेर स्वर्गे हुनु भएको हो भन्ने जबाफ दिइन्।
३ ओटा छोरा र २ ओटी छोरी हुँदाहुँदै किन यसरी बुढेसकालमा बदाम बेच्न हिड्नु भएको हो भने!उनी एकछिन बोलिनन्।उनको अनुहार कता-कता मलिन जस्तो देखिन्थ्यो।कतै मैले सोधेर अप्ठ्यारोमा त पारीन भन्ने मलाई पनि चिन्ता छायो।
बाबु मेरो कथा पीडादायी छ ।हृदय पोल्छ बाबु भनिन्।आमा भन्नुहोस् भने।सँगै रहेका साथिहरु पनि उनको कथा ध्यान दिएर सुनिरहेका थिए।उनको श्रीमान मृत्यु हुँदा काखमा ५ बर्षको छोरा रहेछ, २ वोटा छोरा र २ वोटी छोरी भने ठुलै भएका रहेछन्।
उनले आफ्नो कथा यसरी भनिन्
“बाबु २०५० साल माघ महिना थियो।घरमा छोराछोरी र म थियौ।मेरो बुढा दिउँसो ३ बजेतिर घास काट्न जानु भएको थियो।साझ ७ बजेसम्म घरमा नआउँदा सोधखोज गरे। २ जना छिमेकीलाई लिएर खरेन तिर गए।रात परिसकेको थियो,स्याल कराइरहेको थियो,चिच्याएर बोलाए उहाँ बोल्नु भएन।
घाँस काटेको ठाउँमा हेरे डोको छ,अलिकति घाँस छ तर मानिस देखिदैन।घाँस काटेको ठाउँ अल्लि भिरालो पनि थियो भने उता साइडमा खोच थियो,बाक्लो घाँस पनि थियो।तलपट्टी ठुलै -ठुला ढुङ्गानै ढुङ्गा थिए।मैले हेर्न लगाए छिमेकी भाइहरुलाई।
उनिहरुले हेरे,तलपट्टी रगतनै रगत रहेछ,उहाँको टाउको फुटेको रहेछ।छिमेकमा रहेका अरु मानिस आए र उहाँलाई बल्लतल्ल झिके।उहाँको शरीर हेर्न लायक थिएन।जब मैले उहाँलाई रगताम्य देखे तब मलाई रिंगटा लाग्यो।म त भुइँमा ढलेछु ,बेहोस भएछु।
मैले थाहा पाउँदा घरको बिस्तारामा पल्टिरहेको थिए।उहाँलाई अन्तिम श्रद्धाञ्जली दिएर घरपरिवार र छिमेकी आइसकेका रहेछन्।एकछिन सोचे,डाको छोडेर रोए,चीत्कार गरे,टोलाए तर सुन्ने उहाँ हुनुन्थेन।
दिन पनि रात लाग्न थाल्यो
पीडा औधी भयो जुन सिमानै थिएन।जति रोएपनि,ज्यान बजारेपनि उहाँ आउने कुरा भएन।त्यहीँ पनि मनले कहाँ मान्थ्यो र।जीवन काट्ने आधा हिस्सानै दैबले चुडेर लग्यो।म छोराछोरीको लागि बाच्नु थियो,संघर्ष गर्नु थियो।
छोराछोरीको मुख हेरे,बिस्तारै मन समाल्न थाले।हाम्रो खेतीपाती गर्ने जग्गा थोरै थियो।बर्षभरी अन्न उब्जाएपनि ६,७ महिना मात्र खान पुग्ने थियो।छोराछोरीलाई पढाउन,लालनपालन गर्न निकै गाह्रो भयो।त्यहीँ पनि मेलापात गरेर,अरुको घरमा भाडा माझेर छोराछोरीलाई जसोतसो पढाए।
४ छोराछोरीको बिहे पनि गरिदिए।अब छोराछोरी ठुला भए ,सुखका दिन आए भनेर खुशी हुँदै थिए।जेठो छोरा दुबै थियो,माइलो छोरा कतार,कान्छो छोरा मसँगै थियो।छोराहरूले विदेशबाट धेरथोर पैसा पठाइरहेका थिए।
घरबार चलिरहेको थियो।जेठो छोरा एक पटक बिदामा आएर गएको थियो भने माइलो छोरा कतार गएको भर्खर एक बर्ष भएको थियो।माइलो छोराको फलाम कम्पनी काम गर्दागर्दै मेसिनले च्यापेर मृत्यु भयो भन्ने खबर आयो।दुखीलाई दैबले पनि दुख मात्र दिदो रहेछ।
फेरी के गर्ने ज्यान फाल्न एकै पटक नसकिदो रहेछ।२ वोटा छोरा र छोरीहरुको मुख हेरेर चित्त बुझाए।माइलो छोराको निधन भएको ठ्याक्कै ९ महिना पछि दुबैबाट जेठो छोरो पनि गाडी दुर्घटनामा परेर निधन भएको खबर आयो।
जमिन भासिएजस्तो अनुभव भयो
मन बेचेन भयो।अब कसरी बाचौ जस्तो भयो।फेरी पनि दैबको लेखा बाचेकाले धर्ती देख्नै पर्ने,ज्यान पाल्नै पर्ने।कान्छो छोरो र छोरीहरू थिए।उनीहरूलाई हेरेर मन बुझाए।२०६० सालतिर बर्षायामको समय थियो।
म घाँस काट्न गएकी थिए।कान्छो छोरा र उसका साथिहरु खोलामा माछा मार्न भनेर गएका रहेछन्।म घर आउँदा ढोका बन्द थियो।पछि खबर आयो कि छोराहरूलाई बाढीको भेलले बगाएर लयो।
दैबको लिला मलाई मात्र देखाउनु थियो
सबै देखे,बज्रपात हेरे।मुटु छिया-छिया भयो।कति दिन बेहोस भएछु भन्ने पनि पत्तो पाइन।थाहा पाउँदा अस्पतालको शैयामा थिए।पीडाको त सिमानै भएन।होसमा आएपछि कान्छी छोरीको घरमा गएर बसे।अल्ली समय भएपछि म आफैलाई धेरै अपठ्यारो अनुभव भयो।
छोरीले माया गरेपनि उनको सासुससुराले हेर्ने नजर अर्कै हुने।आफैलाई दिक्क लागेपछि छोरीलाई भनेर बदाम पसल राख्दिन लगाए।बदाम बेच्न लागेको आज ७ बर्ष पुग्यो बाबु।यसबाट आएको कमाइले जेनतेन कोठा भाडा र खान पुगेको छ।बाबु मेरो कथा यहीँ हो भनिन्, उनले”।
हाम्रा कान एकोरिएका थिए,सुनिरहेका थियौ।म र मेरा साथी सबैका अनुहार मलिन थिए।हामीसँग दिने त केही थिएन तर सुनेर भएपनि उनलाई नआत्तिन आग्रह गरेउँ।अघिपछि मिठा गफ गरेर रमाउने हामी उक्त दिन निकै भावुक बन्यौ।उनी कथा सुनाएर फेरी बदाम बेच्न लागिन भने हामी घर फर्कियौ।