गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

नेपालमा शुक्रबार मात्रै २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना संक्रमित निको भएका छन्।
हालसम्म निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ।थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६०० पुगेको मन्त्रालयले जनाएको छ।