गृहपृष्ठ अन्तिमसम्म बाच्ने प्रयास गरिन तर सकिनन् ज्ञानकुमारी
अन्तिमसम्म बाच्ने प्रयास गरिन तर सकिनन् ज्ञानकुमारी

श्रीमानको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको छ।
घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बन्नुभएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो।
आफ्नै घरमा श्रीमानको कुटाइ खानुभएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढल्नुभएको स्थानीय बासिन्दाले बताएका छन्।
छिमेकीकामा पुगेर ढल्नासाथ बेहोस हुनुभएकी उहाँलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौँ लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिनुभयो।
मृतकका श्रीमान गिरी भने अहिले फरार भएका छन्।उनको खोजिकार्य जारी रहेको र छिट्टै पक्राउ पर्ने दिक्तेल प्रहरीले जनाएको छ।