गृहपृष्ठ नेपालमा एकै दिन थपिए हालसम्मकै धेरै कोरोना संक्रमित,कुल संख्या १ लाख ५ हजार नाघ्यो
नेपालमा एकै दिन थपिए हालसम्मकै धेरै कोरोना संक्रमित,कुल संख्या १ लाख ५ हजार नाघ्यो

नेपालमा आज मात्रै हालसम्मकै सबैभन्दा धेरै ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २२९ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ।थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१४ पुगेको मन्त्रालयले जनाएको छ।