गृहपृष्ठ पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण भएको पुष्टि
पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण भएको पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए। आफ्नो रिपोर्ट पोजेटिभ आएको फेसबुकमार्फत मन्त्री भट्टराईले बताएका छन्।
‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन्।मन्त्री भट्टराईले केहीदिन दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन समेत अनुरोध गरेका छन्।